प्रेम सम्बन्ध बिग्रिएपछि महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई हाल जिल्ला काठमाडौँ टोखा नगरपालिका वडा नं. ११ बानियाटार बस्ने २७ वर्षीय किरण थापा साइबर ब्यूरोले जनाएको छ।

पहिला सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर भएको चिनजान प्रेममा परिणत भएपछि पीडित महिला र थापाबिच म्यासेन्जर मार्फत गोप्य फोटो तथा भिडियो सामाग्री एक आपसमा साटासाट भइसकेपछि पछिल्लो समय सम्बन्ध बिग्रिए पछि थापाले ती फोटो तथा भिडियोलाई पीडितका आफन्त तथा परिवारजनमा पठाएकाे पाइएको साइबर व्युराेका प्रवक्ता तथा प्रहरी उपरीक्षक दीपक राज अवस्थीले बताए।

पिडित महिलाकाे उजुरीका आधारमा उनलाई पक्राउ गरि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरी उक्त समयमा खोजतलास गर्दा फेला नपरी फरार रहेका थापालाई बुधबार काठमाडौं स्थित गोङ्गबुबाट पक्राउ गरि काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रहरी उपरीक्षक अवस्थीले बताए।

प्रकाशित मिति : २०८० फाल्गुन १० गते बिहिवार