विगत तीन वर्षदेखि विशेषज्ञ सेवा बिहिन रहेको थारमारे प्राथमिक स्वास्थ्य केन्द्रले मेडिकल अधिकृत पाएकाे छ।

स्वास्थ्य सेवा विभागबाट कर्णाली प्रदेश सरकार,सामाजिक विकास मन्त्रालय सुर्खेतमा आएका डा. प्रमार्थ पौडेललाई थारमारेमा पठाइएको हाे।

सामाजिक मन्त्रालयसग समुन्नय गरी प्राथमिक स्वास्थ्य केन्द्र थारमारे सल्यानमा पठाएको कर्णाली प्रदेश भुमी तथा कृषि सहकारी मन्त्री भीम प्रकाश शर्माले बताए। विगत करिव ३ वर्ष यता मेडिकल अधिकृत विहिन हुदा बागचौर नगरपालिका लगाएत राेल्पाकाे गंगादेव गाउँपालिकावासी समेत सानो उपचारका लागि पनि मेडिकलमा महङ्गो शुल्क तिरेर उपचार गराउनु पर्ने बाध्यतामा परेको समस्यालाई मध्यनजर गर्दै मन्त्री शर्माले बताए।

डाक्टर पठाउन पटक पटक स्वास्थ्य मन्त्रालयमा आग्रह गरे पनि बेवास्ता भएपछि शल्यक्रिया सुविधासमेत रहेको स्वास्थ्य केन्द्रबाट हाल बिरामीहरुलाई अन्यत्र रिफर हुँदै आएको थियाे।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार