सल्यानको कपुरकोट गाउँपालिकामा ‘कृषि मिनि ल्याव’ स्थापना गरिने भएको छ ।

कृषि उत्पादन बढाउन माटोको परिक्षण र आवश्यक रोग किराको पहिचान गर्न कपुरकोटमा ‘कृषि मिनि ल्याब’ स्थापना गरिने भएको हो ।

तरकारी उत्पादनबाट आफ्नो पहिचान बनाएको कपुरकाेटमा आगामी चैतभित्र ल्याव स्थापना गर्ने गरी आवश्यक पालिकामा ‘कृषि मिनि ल्याव’ स्थापनाका लागि कपुरकोट गाउँपालिका र कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी) बिच शुक्रबार सम्झौता समेत भएको छ।

गाउँपालिकाकाे तर्फबाट प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वली र एएसडिपीका तर्फबाट कृषि विकास अधिकृत प्रकाश पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन।

सम्झौता अनुसार पालिकालाई एएसडिपीले १० लाख सहयोग गरेको छ । ल्याव स्थापनाका लागि आवश्यक सामग्री खरिद लगायतमा आवश्यक रकम खर्च गरिने प्रमुख प्रशासकीय अधिकृत वलीले बताए।

प्रकाशित मिति : २०८० पुष १४ गते शनिवार