माओवादीका एक पुर्व लडाकु अहिले चलिरहेको चर्चित रूसी सेनामा भर्ती भएका छन।

उनी हुन म्याग्दीका डाइमण्ड। पहिले सशस्त्र जनयुद्धमा जनताको मुक्तिका लागि राइफल बाेकेकाे भए पनि अहिले परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको उनले सामाजिक संजाल मार्फत बताएका छन् । उनकि श्रीमती प्रेरणा शेर्पाली पनि माओवादी लडाकु हुन् ।

आफू रसियन आर्मीमा भर्ना भएपछि नेपालका मिडियाहरूले चासो राखेको भन्दै उनले सामाजिक सन्जाल मार्फत लामाे प्रस्टीकरण दिदै उनले भनेका छन्- म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थावारे केहि बोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ । यसबारे यहाँ आएका अरु साथीहरूले के बोल्छन । के गर्छन त्यो उनीहरुको विषय भयो । तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी बन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना बगाइयो । अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन ।परिणामत आज पनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ । परिवर्तनको लागि दशकौं योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ ।

उनले युद्दरत देशको अवस्था सामान्य सैनिक जागिर जस्तो नहुने भन्दै कार्यरत रहँदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिने उल्लेख गरेका छन् ।

माओवादी पार्टी विभाजन पछी २०७१ मा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाको म्याग्दी जिल्ला सेक्रेटरी समेत भईसकेका डाइमण्ड भन्छन `राईफल त हिजो दशवर्षे जनयुद्ध मा पनि बोकेकै हो र आज पनि बोकिएको छ तर उदेश्य नितान्त भिन्न छ, अर्थात हिजो नेपाली जनताको मुक्तिको लागी र आज पराई भुमिको रक्षा एवम् आफ्नो पारिवारिक व्यवस्थापनको लागी राजनीति पनि गरौ त्यसैको सहारामा मिलाएर पारिवारिक व्यवस्थापन पनि गरौ भन्ने सोच राखेको भए ,अहिलेसम्म सिसिएम वनिसकिन्थ्यो,त्यसैको सहारामा सानोतिनो व्यवसाय गरेर सामान्य पारिवारिक व्यवस्थापन गर्न त्यति मुश्किल थिएन तर निश्कलंकित रहि निष्ठाको राजनीति गर्न खोज्ने,आफ्नो कारण आफु स्वयम र पार्टीलाई कुनै दाग नलागोस भन्ने पवित्र सोच राख्ने म जस्तो पात्रले दायाँबायाँ सोच्ने प्रश्नै रहेन,विभिन्न वहानामा पार्टीको नाममा रकम जोरजाम गरी पारिवारिक व्यवस्थापन गर्दै आफु र पार्टीलाई समेत बदनाम गर्नुभन्दा बरु विदेश गई रगत/पसिना बगाएर परिवारको उचित व्यवस्थापन संगै पार्टी/आन्दोलनलाई भिन्न ढंगले सहयोग एवम् समर्थन गर्नु नै वेहत्तर लाग्यो र अर्को चुनौतीपूर्ण यात्रा सुरु गर्ने कठोर निर्णय गरियो।´ उनले भनेका छन।

यस्तो छ उनको पूर्ण फेसबुक स्टाटस :

प्रिय साथीहरू
सार्वजनिक रुपमा एउटा जानकारी :-

म रसियन सेनामा भर्ति भएको भन्ने जानकारी पाएपछी नेपाली मुलधारका मिडियामा आवद्ध मिडियाकर्मी साथीहरू वाट त्यहाँको अवस्थावारे केहि वोल्दिनुपर्यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ,यसवारे यहाँ आएका अरु साथीहरूले के वोल्छन,के गर्छन त्यो उनिहरुको विषय भयो तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्ध मार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागी वन्दुक वोकेर झण्डै १ दशक रगत/पसिना वगाईयो,अंशमा केहि परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आजपनि सत्ता/शक्तिको वरिपरि केहि मुठ्ठीभर दलाल पुजिँपति हरुकै जगजगी छ,परिवर्तनको लागी दशकौ योगदान गरेका हजारौं योद्वाहरु आज परिवार पाल्नकै लागी विदेशका गल्ली गल्लीमा भौंतारिनु पर्ने वाध्यात्मक परिस्थिति सृजना भएको छ
यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुदाहुदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ति भईएको छ।

पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर वाध्यताले दोहोर्याएका हजारौं नेपाली युवाहरु अहिले रसियन सेनामा भर्ति भई युद्धको मोर्चामा खटिईरहनु भएको छ। युद्धरत देशको(यो सामान्य सैनिक जागिर जस्तो होइन)सैन्य फौजमा कार्यरत रहदा सकारात्मक/नकारात्मक सवै विषय अनुभुत गर्न सकिन्छ यद्यपि यि विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु।युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ?युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ?के-के गर्नुपर्छ?के-के भोग्नुपर्छ? सैन्य संठगभित्र के गर्न पाईन्छ/के गर्न पाईन्न?सैन्य कानुन/अनुशासन के-कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरु पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तु लाई यसरी सरल रुपमा वुझिदिनुहुन म विशेष आग्रह गर्दछु।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार वनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरु मार्फत रुस विरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठवन्धन एवम् तिनका एजेन्ट हरुको मतियार वन्न सकिन्न।न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर वन्दुक वोकेकोप्रति कुनै पश्चाताप छ न त आज भिन्न उदेश्य सहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा वन्दुक वोकेको प्रति कुनै गुनासो छ।आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहिन र अर्थहिन कहिल्यै लाग्दैन।जोखिमपूर्ण यात्राको पाईला-पाईलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिदैन,गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ।

अन्त्यमा :-

सयौं साथीहरूले रसिया भर्ति हुन आउनुपर्‍यो,के-कसरी हो?च्यानल मिलाईदिनुपर्यो भनेर म्यासेज गरिराख्नु भएकोछ,एक-एक गरेर सवैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सुचना मार्फत जानकारी- यहाँ अहिले भर्ति वन्द छ,दलालहरुको भ्रममा नपर्नुहोला।

धन्यवाद

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार