कमेडी जनरामा निर्माण भएको नेपाली चलचित्र `चिठ्ठी´काे पहिलो गीत `टुटेको तारा´ सार्वजनिक भएको छ।
माधवराज खरेलको लेखन र निर्देशन रहेको फिल्म चलचित्र चिट्ठीको पहिलो गीत ‘टुटेको तारा’ मा शिव परियारको स्वर, डा.कृष्णहरि बरालको शब्द रहेको गीतमा सरोज कोइरालाको संगीत छ ।
एरा प्रोडक्सनको ब्यानरमा बनेको फिल्म कमला जोशीले निर्माण गरेकी हुन् । उक्त फिल्ममा खड्गबहादुर पुन मगर “खबपु”, गोपाल ढकाल “छन्दे”, नवराज थापा, मुस्कान लामा, कञ्चन चालिसे, प्रविण भुषाल, श्रीदेव भट्टराई लगायतले अभिनय गरेका छन।
जीवन पराजुली र राजन खरेलको छायाँकन रहेको फिल्ममा निर्देशक खरेल र अच्यूत बजगाईको छायांकन रहेको छ भने फिल्मका सहायक निर्माता अनिता कुँवर, समिर खान र कृष्णादेवी आचार्य हुन् ।
काठमाडौँ, काभ्रेपलाञ्चोक तथा ललितपुरका विभिन्न रमणीय स्थलहरुमा छायाँकन गरिएको फिल्मको प्रदर्शन मिति भने अझै तय भएको छैन।
भिडियो :