पछिल्लो समय सामाजिक संजालहरुबाट ठगि लगाएतका अनैतिक गतिविधि बढन थालेपछि पिडितलाई न्याय सहजका लागि नेपाल प्रहरीले सर्वसाधारणका लागि निर्देशित गरेको छ।
साइबर अपराध सम्बन्धी निवेदन दर्ताको लागि आवश्यक प्रमाण, निवेदन सहित नेपाल प्रहरी साइबर ब्युराे सम्म सहजै गुनासो गर्न https://www.nepalpolice.gov.np/media/filer_public/e0/23/e0231f21-d6e5-4951-b7b5-fd841fbef6e7/application_format_cb.pdf लिंकमा गई विवरण भर्न सकिन्छ।
जस अनुसार निवेदनमा उल्लेख गर्नुपर्ने विवरण एवं कागजातहरूः –
१. पीडित र पीडकसँग सम्बन्धित URL ID Link
२. नेपाल सरकारबाट जारी व्यक्तिगत परिचयपत्र (नागरिकता, राहदानी, सवारी चालक अनुमती पत्र) को प्रतिलिपी (दुवै तर्फको स्पष्ट बुझिने गरी)
३. बालबालिकाको हकमा जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
४. घटना सम्बन्धि माध्यम/सञ्जाल र छोटकरी विवरण
५. ढाँचा बमोजिम स्पष्ट बुझिने गरि भरेर दस्तखत गरिएको निवेदन
६. घटनासँग सम्बन्धीत Screenshot हरू
७. घटनासँग सम्बन्धीत अन्य विवरणहरू
माथी उल्लेखित विवरणहरू स्पष्ट भरी यस साइवर ब्युरोको इमेल cyberbureau@nepalpolice.gov.np मा निवेदन पठाउन सकिनेछ । अथवा नजिकको जिल्ला प्रहरी कार्यालयमा गई निवेदन दिन पनि सकिन्छ। आवश्यक जानकारी लिनसम्पर्क नम्बरः ०१ ५३१९०४४, ९८५१२८६७७० मा सम्पर्क गर्न सकिने छ।