पुस २५ राेल्पा – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गाेकुलप्रसाद घर्तीले पार्टी एकता गर्दाकाे ४ बुदे सहमतिलाई लत्याएर प्रचण्ड र माधव नेपाल अल्पमत र बहुमतकाे खेलमा लाग्दा नेकपामा अहिलेकाे परिस्थिति निम्तिएकाे बताएका छन्।

जनहितकाे लागि जारी सन्देश
एकताकाे बेला महाधिवेशन सम्पन्न नहुँदासम्म पार्टीभित्रकाे हरेक एजेन्डा तथा समस्यालाई दुई अध्यक्षबीच सहमति अनिबार्य भएकाे नेता घर्तीले जनाएका छन्। तर, एकल हस्ताक्षर सहित पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थुप्रै आराेपहरु लगाएर अभियाेग पत्र बैठकमा पेश गरिएपछि पार्टीभित्र गम्भीर समस्याहरु सिर्जना भएकाे उनले आराेप लगाए।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) त्रिबेणी गाउँपालिका कमिटीले शनिबार राेल्पाकाे जुगारमा आयाेजनामा गरेकाे अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै नेता घर्तीले यस्तो बताएका हुन्।
कार्यक्रम बाेल्दै नेकपा केन्द्रीय सदस्यहरु कुमार दसाैदी, शान्तकुमार वली, बालाराम बुढा र ईश्वरी जिएमले पार्टीभित्र चाैतर्फी घेराबन्दीका साथै पार्टीकै सांसदबाट अविश्वासकाे प्रस्ताव दर्ता गरेर सरकार ढाल्न खाेजेपछि बाध्य भएर प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले संसद विघटन गरि ताजा जनादेशमा जाने निर्णय गरेकाे बताएका छन्। राेल्पाका सबै एक भएर आगामी बैशाख १७ र २७ गते निर्वाचनमा हाेमिन कार्यकर्ताहरुलाई केन्द्रीय सदस्यहरु दसाैदी, वली, बुढा र जिएमले आग्रह गरेका छन्।
नेपाल कम्युनिष्ट पार्टी नेकपा त्रिबेणी गाउँपालिका अध्यक्ष निमप्रसाद राेकाकाे अध्यक्षता र गाउँपालिका सदस्य चन्द्र बहादुर घर्तीमगरकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रममा, नेपाली कांग्रेस परित्याग गर्दै तुलाकुमारी घर्ती, दल बहादुर घर्ती, सिउप्रसाद खत्री, माेहन केसी, उदिराम खत्री, गैसरी खत्री, खिमलाल पुन, खलिसरा पुन, देवा पुन डण्डिराज पुन, जानकी घर्ती – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रबेश गरेका छन्। यसैगरी नेपाली कांग्रेस निकट नेबिसंघ परित्याग गर्दै अञ्जु घर्ती र प्रज्वल डाँगी, विप्लप नेतृत्वको नेकपा परित्याग गर्दै नेत्र बहादुर महरा, काङ्ग्रेस निकट तरुण दल परित्याग गर्दै दिपक केसी, जनक डाँगी, लक्ष्मण घर्ती, राेबर नेपाली नेकपामा प्रबेश गरेकाे बताइएको छ।
कार्यक्रम अनेरास्ववियुका केन्द्रीय कार्यालय सदस्य अमृत बुढा, नेपाल कम्युनिष्ट पार्टि (नेकपा) राेल्पा जिल्ला कमिटीका सदस्यहरु गाेपाल डाँगी, भुपालसिङ डाँगी लगायतले बाेलेका थिए। कार्यक्रममा जनगायक माधब घर्तीमगरले जनबादी गीतमार्फत सबै जनताहरुलाई ताजा जनादेशकाे पक्षमा एकजुट हुन आह्वान गरेका छन्। उक्त कार्यक्रमकाे सञ्चालन पार्टी जिल्ला कमिटी सदस्य तथा युवा नेता ठाकुरप्रसाद वलीले गरेका थिए।
याे पनि पढनुस्;
चुनावपछि पत्तासापकाे डरले धम्कीपूर्ण अभिव्यक्ति सहित सडकमा छन प्रचण्ड,नेपाल