संविधानसभा अध्यक्ष, एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले बुवाले गर्न बाँकी रहेका काम पूरा गर्न पार्टीले आफुलाई आत्मबल दिने विश्वास व्यक्त गरेका छन् ।हृदयघातबाट आकस्मिक निधन भएपछि मुलुक, पार्टी र परिवारलाई ठूलो क्षति भएकाले बाँकी सपना पूरा गर्न आफू प्रयत्नरत रहने बताए ।
उनी अधिवक्ता समेत हुन। उनले राजनीतिमा बुवालाई आवश्यक सहयोग समेत गर्ने गरेका थिए। स्वर्गीय नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न बालुवाटारस्थित निवास पुगेका नेता विष्णु पौडेल सहितका नेताहरू पुगेका थिए। नेम्वाङका जेठो छोरा बेलायतमा बस्छन् । उनी बुबाको निधनपछि आएका हुन् । दुई छोरीमध्ये जेठी सुशाङ दन्त चिकित्सक र कान्छी सम्या विद्यार्थी हुन् ।