साउन १२, सल्यान – नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बागचौरले दार्मा गाउँपालीकाका कृषकहरुलाई निशुल्क विरुवा वितरण गरेको छ ।
दार्मा गाउँपालिकाको सहजिकरणमा गाउँपालिका भित्रका सबै वडाका कृषकहरुलाई २२ हजार १ सय ९५ कागतीका बिरुवा निशुल्क वितरण गरेको नेशनल माईक्रोफाईनान्स लघुवित्त बागचौर, शाखाका प्रमुख बमकृष्ण वलीले जानकारी दिए ।
उनले कार्यक्रम सहजीकरणमा सहयोग गर्ने दार्मा गाउँपालिका र अस्थायी प्रहरी कार्यालय फारुलालाई धन्यवाद सहित आभार व्यक्त गरे । साथै नेशनल लघुवित्तले वितरण गरेका बिरुवा लिने सबै कृषकले उचित संरक्षण गरि आयआर्जन तथा आम्दानीको स्रोत बढाउने कुरामा विश्वस्त रहेको वलीको भनाइ रहेको छ ।
निशुल्क बिरुवा वितरण कार्यक्रममा दार्मा गाउँपालिकाकी उपाध्यक्ष जुना मल्ल, वडा नं. २ का अध्यक्ष सर्कु खत्री, वडा नं. ३ का अध्यक्ष पोखर राज खत्री, दार्मा गाउँपालिका कृषि शाखा प्रमुख तथा नि.प्रशासकिय अधिकृत अमृत खड्का र सबै वडाका कृषकहरुको उपस्थिति रहेको थियो ।