श्रीमतीकाे हत्या गरी फरार रहेका राेल्पाका एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा राेल्पाकाे सुनछहरी गाउँपालिका– ६ फगामका २६ वर्षीय गर्भे विक रहेको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवन काठमाडौले जनाएको छ।
विकले आफ्नो श्रीमती केशु विकलाई कपिलवस्तुकाे शिवराज नगरपालिका– ५ चन्द्राैटास्थित प्रयाेगमा नआएकाे बसकाे गाडी रिफ्रेस सेन्टरकाे भवनकाे सेफ्टी ट्यांकीमा फ्याँकेर फरार भएकाे आराेपमा काठमाडौ स्थित चन्द्रागिरी नगरपालिका १० सतुंगलबाट पक्राउ गरिएको काठमाडाैँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए।
उनलाई पक्राउ गरि आवश्यक कारबाहीकाे लागि चन्द्राैटा प्रहरी कार्यालयमा पठाइएकाे प्रहरी उपरीक्षक रेग्मीले बताए।