बैशाख ११, सल्यान – जिल्लाको बागचौर नगरपालिका वडा नं. २ को थारमारे जनकल्याण नमुना मा.वि. को प्राङ्गणमा छैठौं बागचाैर कृषि, पर्यटन, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव २०८० संचालन हुने भएको छ ।
युनिभर्सल युथ क्लब थारमारे सल्यानकाे आयोजनामा महोत्सव यही वैशाख १७ गतेदेखी २४ गतेसम्म ७ दिन सम्म संचालन हुने भएको हाे ।
स्थानीय कला, संस्कृति, कृषि, उद्योग र पर्यटन, व्यापार प्रबर्द्धन गर्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ महाेत्सव संचालन गर्न लागिएको युनिभर्सल युथ क्लब थारमारेले साेमबार बागचाैरमा पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
महोत्सवमा १०० भन्दा बढी स्टलहरु राखिने महाेत्सव आयोजक समिति संयोजक अनिमेष के.सीले बताए । उनका अनुसार सल्यानमा हुने विभिन्न कृषि उत्पादन सामाग्री, घरेलु उद्याेगबाट उत्पादित समाग्रीहरु महाेत्सवमा राखिने छ ।
महाेत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरुकाे सहभागीता रहने र वालउद्यान, पिङ, लगायतका मनोरञ्जनात्मक वस्तुहरु राखिने प्रचारप्रसार समितिका संयाेजक सुदिप घर्तीले जानकारी दिए ।
महोत्वसव अवधिभर करिब ३५००० हजार बढी दर्शकले महोत्सवको अवलोकन गर्नुका साथै महोत्सवमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दैनिक ७ लाख बढीको कारोबार हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।