फागुन ११, सल्यान – बागचाैर नगरपालिका वडा नं. १ काे काेटबेद वनमा बिहीबार आगलागी भएकाे हो ।
वनमा आगलागी भएको देख्दा आगो निभाउन गएका अन्दाजी वर्ष ५९/६० का प्रेम सुनार जलेर गम्भीर घाइते भएका छन । जलेर गम्भीर घाइते भएका सुनारको उद्वारका लागि बागचाैर नगरपालिकाकाे एम्बुलेन्स मार्फत प्राथमिक स्वास्थ्य केन्द्र थारमारेमा सामान्य उपचार पश्चात् थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।
सुनारको अवस्था गम्भीर देखेर नगर प्रमुख जनकराज गाैतमले नगद रु .१०,००० (दस हजार) सहयोग गरि स्वास्थ्य लाभकाे कामना गरेका छन ।
साथै आगलागी किन र कस्ले लगायो भन्ने बारेमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय थारमारेले जनाएको छ ।