फागुन ४ बाँके – नक्कली नोट सहित ३ जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा अछाम तुर्माखाद गाउँपालिका वडा नं.-३ बस्ने ३७ वर्षिय दिपक वि.सी, सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं.-५ बस्ने ३० वर्षिय मोहन राना र बाँके कोहलपुर नगरपालिका वडा नं.-११ बस्ने ३२ वर्षिय मोहन कुमाई रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

साेमबार बेलुका करिब साढे ५ बजेतिर बाँके नेपालगंन्ज उपमहानगरपालिका वडा नं. -४ न्युरोड स्थित नक्कली नोटको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी संयुक्त प्रहरी टोलीले उनिहरुकाे साथबाट नेपाली रु १,०००।- दरको नक्कली नोट रु ५,६९,०००।- सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए।

पक्राउ परेकाहरु माथि थप अनुसन्धान भइरहेको डिएसपी घर्तीले बताए।

प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार