माघ २२ राेल्पा – एक पुरुष मृत फेला परेका छन।

शनिबार बेलुका करिब ६ बजेतिर माडी गाउँपालिका -५ वाइबाङ स्थित भाबाङ माडिचौर भित्री सडक खण्डमा साेहि ठाउँका ५५ वर्षिय कृष्णबहादुर बुढा मगरकाे शव फेला परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरे लगत्तै प्रहरी चौकि भाबाङ र ईलाका प्रहरी कार्यालय घर्तीगाउँबाट खटिएको प्रहरी टाेलीले शवकाे प्रकृति हेर्दा टाउको किचेकाे अवस्था रहेपछि सवारी साधनले किचेर फरार रहेको प्रारम्भिक अनुमान अनुसार एक ट्याक्टर र चालकलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ना ४ त ५३८४ नम्बरको ट्याक्टर धनी तथा चालक राेल्पा नगरपालिका -६ काेटगाउँ रिमसक बस्ने ३५ वर्षिय अक्त बहादुर घर्ती रहेका छन। अहिले उनिमाथि थप अनुसन्धान भइरहेको र शवकाे पाेष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघा पठाइएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

प्रकाशित मिति : २०७९ माघ २२ गते आइतवार