माघ १५ जाजरकोट – जबर्जस्ती करणी मुद्दाका फरार एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका वडा नं. ०९ बस्ने ७१ वर्षिय काली बहादुर महतरा रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

उच्च अदालत सुर्खेतको २०७९।०४।३० गतेको फैसला आदेशले ९ वर्ष कैद र रु ५०,०००।- (पचास हजार) जरिवाना फैसला गरेपछि फरार रहेका महतरालाई जिल्ला कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा शनिबार उनकै घरबाट पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

पक्राउपछि उनलाई जिल्ला अदालत जाजरकोटबाट कारागार चलान गरिएको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।

प्रकाशित मिति : २०७९ माघ १५ गते आइतवार