माघ ११, सुर्खेत – कर्णाली प्रदेश सरकारले पुर्णता पाएको छ । कर्णाली प्रदेश सरकारमा मन्त्रीका लागि नेकपा माओवादी केन्द्रबाट सल्यान निर्वाचन क्षेत्र नं.(क) बाट प्रदेश सभा सदस्य बनेका भिम प्रकाश शर्मा पनि मन्त्री बनेका छन।
शर्मा भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री बनेका छन। जिल्लाकाे बागचौर नगरपालिका–३, पुतलीबासमा जन्मिएका शर्मा सल्यानमा लाेकप्रिय नेताकाे छविमा परिचित छन।
आफ्नो अध्ययन त्रिभुवन विश्वविद्यालयबाट स्नातक तह सम्म पुगेका शर्मा २०६४ मा शान्ति तथा पुनर्निर्माण मन्त्रालयको प्रमुख र २०७५ मा कर्णाली प्रदेशको पहिलो कार्यकालका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीका राजनीतिक सल्लाहकार समेत थिए।
शर्माको राजनीतिक क्रम २०४२ नेकपा मशाल समर्थक अनेरास्ववियु छैठौंकबध सदस्य हुदै २०४५ मा नेकपा मशाल समर्थक अनेरस्ववियु त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको छैठौं शिक्षा इकाईका सदस्य भएसंगै उनकाे राजनीति यात्रा विद्यार्थी जिवनबाट नै सुरुवात गरेका हुन।
त्यसपछि २०४६/०४७ काठमाडौंको जनआन्दोलनमा सक्रिय सहभागि रहेका शर्मा २०४७ मा नेकपा मशालको पार्टी सदस्यता लिएसंगै २०४७ मै नेकपा मशाल जिल्ला कमिटी सल्यानका संस्थापक सदस्य समेत बने।
२०४८ मा राप्ती ब्यूरो सदस्य हुदै २०४९ मा सम्पन्न नेकपा मशाल र नेकपा (माओवादी)को एकता केन्द्र गठनपछि सल्यान जिल्लाको सेक्रेटरीकाे जिम्मेवारी पाएका शर्मा २०५७ मा जिल्ला भेलाबाट सल्यानको जिल्ला सदस्य सैन्य भए।
२०५८ मा जनमुक्ति सेनाको कमिसार तथा दार्चुला बैतडी पार्टि ईन्चार्ज र सेती महाकाली ब्युरो सदस्यकाे जिम्मेवारी पाए।
शर्मा सामाजिक भूमिकामा समेत उतिकै आवद्ध छन २०७२ सालदेखि हालसम्म जनकल्याण क्याम्पस थारमारेको सञ्चालक समितिको अध्यक्षकाे जिम्मेवारीमा छन।
पत्रकारितामा समेत शर्माले लामाे याेगदान गरेका छन। पत्रकारिता गरिरहदा शर्मा लडाइँमा समेत परेका थिए। जनआह्वान साप्ताहिकका प्रधान सम्पादक (२०५४ देखि २०५८ ) फौजी मोर्चा :- गोकुलेश्वर दार्चुला, पहलमानपुर, खिमडी, रुकुम खारा (दुई पटक ), अर्घाखाची, म्याग्दीको बेनी, कालिकोटको पिलि, पाल्पा, कपिलबस्तु आदी, म्याग्दी लडाइँमा घाईते भएका थिए।
शर्माले फौजी मोर्चाको जिम्मेवारी पाउदा प्लाटुन कमिसार, कम्पनी कमिसार, बटालियन कमिसार, ब्रिगेड भिसी र पश्चिम सैन्य प्रवक्ता समेतकाे जिम्मेवारी निर्वाह गरेका हुन।
शान्ति प्रक्रियामा पछि सल्यान जिल्ला पाटीको अध्यक्ष सह इन्चार्ज, ईन्चार्ज, कर्णाली प्रदेश सदस्य, केन्द्रीय पोलिट सदस्य, ब्युरो सदस्य तथा हाल केन्द्रीय सदस्य समेत रहेका छन।