माघ ७ दाङ – एक नाबालिकलाई जबर्जस्ती करणी गरेकाे आराेपमा एक पुरुष पक्राउ परेका छन।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-९ मुकुणडाँडा बस्ने ६३ वर्षीय छबिलाल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
गुरुङले एक १३ वर्षीया नाबालिकालाई गत ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले शनिबार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।