पुस २७ दाङ – लुम्बिनी प्रदेशको तेस्रो मुख्यमन्त्रीकाे रुपमा नेकपा एमालेका लीला गिरी नियुक्त भएका छन् ।
बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनसहित लोसपाका ३ र स्वतन्त्र २ सांसद गरी गिरीलाई ५८ जनाको समर्थन पाएपछि मुख्यमन्त्रीमा नियुक्त भएका हुन।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपा र जनमतका ३/३, नागरिक उन्मुक्तिका ४ सीट र स्वतन्त्र २ जना सांसद रहेका छन् । बिहीबार प्रदेश राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे उनकाे शपथको कार्यक्रम तय गरिएको छ ।