पुस १८ जाजरकोट – भ्रष्टाचार गरेकाे आराेप लगाउदै जनकारबाही स्वरुप शिक्षक माथि कालाेमाेसाे दल्ने एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जाजरकोट जिल्ला सदस्य कर्ण बहादुर सार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

सार्कीले गत ९ गते जाजरकोट कुशे गाउँपालिका वडा नं.४ स्थायी घर भई हिमालय भानुभक्त आधारभूत विद्यालय ताङ्गाचौरमा शिक्षक ४८ वर्षिय रण बहादुर शाही टेलिफोन मार्फत कुशे गाउँपालिका वडा नं.५ स्थित साधिबिसौनामा बाेलाई कालोमोसो दली भागी फरार रहेकोमा प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा आइतबार बेलुकीको सार्कीलाई फेला पारि पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

पक्राउ परेका सार्की विरुद्ध अपमानजनक व्यवहार सम्बन्धी कसुर जिल्ला अदालत जाजरकोटबाट ५ दिनकाे म्याद थप गरि थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।

नेकपा निकट युवा संगठनले शाही शिक्षक पेसामा कार्यरत भइरहेको अवस्थामा कुशे गाउँपालिमा निर्माण भइरहेको वैकल्पिक उर्जा निर्माण उपभोक्ता समितिकाे अध्यक्ष बनेर २०६४ साल देखि हाल २०७९ सालसम्म करिब २ कराेड २१ लाख रुपैयाँ हिनामिना गरेकाे युवा संघ भेरी कर्णाली ब्युराेले आराेप लगाउदै राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफैँ भई करोडौँको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनले कालोमासो दलेको थियाे।

प्रकाशित मिति : २०७९ पुष १८ गते सोमवार