पुस १६ कपिलवस्तु – गायक दुर्गेश थापा माथि ढुंगा प्रहार भएको छ।
कपिलवस्तुको चन्द्रौटामा जारी ७ औं चन्द्रौटा महोत्सवमा शनिबार अपरान्ह आफ्नाे सांगीतिक प्रस्तुति दिइरहेका थापामाथि दर्शककाे भिडबाट स्टेजसम्म पुग्ने गरि ढुंगा प्रहार भएको हाे।
ढुंगा प्रहारपछि पछि हटेका गायक थापाले आफ्नो प्रस्तुति राेकेका थिए। त्यसपछि महाेत्सवमा अनियन्त्रित रुपमा भागदौड समेत मच्चिएकाे थियाे। त्यसपछि सुरक्षाकर्मी थप गरि महाेत्सवकाे समय तालिका अनुसारका कार्यक्रम गर्न र ढुंगा प्रहार सम्बन्धमा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिल शाहीले बताए।
नाबालिक आराेपमा कारागारमा रहेका नायक पल शाहसंग जोडेर उनीमाथि आक्रमण भएको हुन आशंका प्रष्ट छ। नायक शाहका शुभचिन्तकले ढुंगा प्रहार गरेकाे प्रारम्भिक अनुमान भएपछि अहिलेसम्म एकिन नभएकाले प्रहरीले पनि कसैलाई नियन्त्रणमा लिएको छैन।
आफुमाथि बलात्कार आराेप लगाएकि कलाकार समीक्षा अधिकारी माथि पनि यसअघि ढुंगा प्रहार भएको थियाे। (फाइल तस्बिर)