पुस १५ काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजधानीमै आयाेजित एक कार्यक्रम दाेहाेर्याएर भाषण गरेका छन।
शुक्रबार तमु ल्होसारको अवसरमा शुभकामना दिन काठमाडौंस्थित टुँडिखेलमा पुगेका प्रधानमन्त्री प्रचण्डले पहिलो भाषणमा करिब ५ मिनेट बढि भाषण गरिसकेपछि केही कुरा छुटेकाे भन्दै आयाेजकसंग फेरि समय मागेर मुख्यतः दुईवटा कुरा छुटाएकाे भन्दै दुईपटक भाषण गरेका हुन।
सुरुवाती भाषनमा आफ्नो इमान्दारिताका कारण, आफ्नो लगन र निष्ठाका कारण, आफ्नो विरता बलिदानको कीर्तिमानका कारण नै तमु समुदायको गर्विलो इतिहास र पहिचान भएको बताएका थिए।
त्यसपछि भाषण सकेका प्रधानमन्त्री प्रचण्डले दाेस्राे पटककाे भाषणमा पहिलो कुरा भन्दै `काठमाडौंको टुँडिखेलमा आयोजित समारोहको सुरक्षाको निम्ति नेपाल प्रहरीलाई विशेष ध्यान दिन निर्देशित गर्न चाहान्छु।´ भने।
त्यस्तै दोस्रो कुरा भन्दै `तमु ल्होसारका निम्ति विगतको सरकारले सहयोग गर्दै आएको कुरा मलाई थाहा छ, म पनि दोस्रो पटक प्रधानमन्त्री हुँदा बोलेको थिएँ, तर, छोडेपछि आर्थिक सहयोग भएन भनेर सुनाउनुभयो, अर्को पटक यो भन्दा बढी रकम दिइनेछ र अहिले दिइनेछ।´ यति भन्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो दाेस्राे भाषण अन्त्य गरेका हुन।