पुस १२ जाजरकोट – वन मुद्दाका फरार दुई जना प्रतिवादी पक्राउ पक्राउ परेका छन।
फरार प्रतिवादी पक्राउ गर्ने अभियान अन्तर्गत डिभिजन वन कार्यालय जाजरकोटको मिति २०७९ भदौ २० गतेको पत्र अनुसार उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
पक्राउ पर्नेमा भेरी नगरपालिका वडा नं. १ कालेगाउँ बस्ने गणेश बहादुर बटालालाई खोरिया फडानी गरि अतिक्रमण तथा आगलागी गरेको आराेपमा र साेहि नगरपालिका वडा नं. ६ बस्ने पृथु सिंहलाई वन क्षेत्र अतिक्रमण गरी कच्ची गारो सहितको घर निर्माण गरेको आराेपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।
फरार रहेका उनिहरुलाई जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरी टोलीले खोजतलाश गर्दै जाने क्रममा बुधबार उनिहरुकै घरमा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जाजरकोटमा बुझाईएको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।