पुस ११ काठमाडौ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनकाे राजनिती यात्रामा तेस्रो र नेपालको ४४ औँ प्रधानमन्त्री बनेका छन्।

उनी १६९ सांसदको समर्थन जुटाएर संविधानको धारा ७६ को (२) अनुसार प्रधानमन्त्रीमा आइतबार नियुक्त भएका हुन्। माओवादी, एमाले, राप्रपा, जसपा, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत र नागरिक उन्मुक्ति पार्टी सहित तीन जना स्वतन्त्र सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेका हुन।

गत मंसिर ४ मा सम्पन्न निर्वाचनमा ३२ सिटसहित तेस्रो दल बनेको माओवादी प्रमुख दुई दललाई स्तब्ध पार्दै सरकारको नेतृत्वमा पुगेको हो ।

१० वर्षे सशस्त्र संघर्षपछि शान्ति प्रक्रियामा आए लगत्तै भएको निर्वाचनपछि दाहाल २०६५ मा पहिलो पटक र २०७३ मा दोस्रो पटक प्रधानमन्त्री भएका थिए।

नवनियुक्त प्रधानमन्त्री दाहालले बाल्यकाल देखि कक्षा १० मा अध्ययनरत हुँदासम्म छविलाल दाहालका रुपमा परिचित भएपनि त्यसपछि उनले नाम परिवर्तन गरि पुष्पकमल बनाएका हुन। विसं २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा उनको कल्याण, विश्वास, निर्माण र प्रचण्ड उपनामले चिनिन्थ्याे तर क्रान्तिकारी सङघर्षमा रुम्लिएपछि उनले अन्ततः प्रचण्ड नै उपनाम स्थायी बनाएका छन।

२०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालीन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुदै विसं २०३८ मा क्षेत्रीय ब्यूरो सदस्य एवं अखिल नेपाल  युवक सङ्घको केन्द्रीय समितिको महासचिव भई २०४० मा सङ्घको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए।

विसं २०४१ मा नेकपा ९मशाल०को पाँचाैँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री भए।

यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनपछि बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गरे। विसं २०५७ मा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष भए।

विसं २०५८ मा जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका दाहाल २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौँमा भूमिगत जीवनबाट सार्वजनिक भएका थिए।

विसं २०६९ मा बृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका प्रधानमन्त्री दाहाल विसं २०६९ मा हेटौँडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित भउ। उनी विसं २०७० मा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो। यस्तै, २०७८ पुसमा सम्पन्न भएको पार्टीको आठौँ महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए।

साथै उनले उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिकासमेत निर्वाह गरिसकेका छन्। अध्यक्ष दाहालका ‘नेपाली क्रान्तिका समस्या’ ९भाग १, २ र ३० ‘सांस्कृति, कला र सौन्दर्य चिन्तन’, ‘प्रचण्डका छानिएका रचना’ खण्ड १ र २ तथा ‘प्रचण्डका छानिएका सैन्य रचना’लगायतका पुस्तक प्रकाशित छन्।

उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौँ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए। २०७० मङ्सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा–५ बाट निर्वाचित भएका थिए। संविधानसभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं ५ बाट निर्वाचित प्रचण्ड २०७३ साउन १९ गते व्यवस्थापिका–संसद्मा तीनसय ६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औँ प्रधानमन्त्रीमा निर्वाचित भए।

यस्तै, २०७४ मङ्सिर २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चितवन क्षेत्र नं ३ बाट अध्यक्ष प्रचण्डले ४८ हजार दुई सय ७६ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। तत्कालीन वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा झण्डै दुई तिहाइ मत प्राप्त भए पनि पूरा कार्यकाल चल्न सकेन।

विसं २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि तत्कालीन नेकपामा फुट आयो। सर्वोच्च अदालतको आदेशपछि तत्कालीन पाँच दलीय गठबन्धनको तर्फबाट २०७८ असार २९ गते शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भयो। सो सरकारले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न ग¥यो।

यस्तै, २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उनी गोरखा क्षेत्र नं २ बाट २६ हजार एक सय नौ मत प्राप्त गरी विजयी भएका हुन्। सत्तारूढ गठबन्धनमा सहमति नभएपछि आजै नेकपा (एमाले) सहितका दलको सहमतिमा अध्यक्ष दाहाल प्रधानमन्त्री बनेका हुन्।

सु:खद छैन पारिवारिक जीवन

राजनितीक जीवनमा आफू लगाएत आफ्ना सन्तान र आफ्नतकाे समेत एकक्षत्र नै सफलता र सु:खद राजनीतिक जीवन शैली बिताए पनि पारिवारिक अवस्थामा भने प्रचण्डकाे दु:खद नै छ। उनलाई बेलाबेला अनेक बज्रपात परिरहेकाे छ।

विसं २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गाविसमा बसाइँसराइ गरि २०२६ वैशाखमा सीता पौडेलसँग विवाह वैवाहिक जीवनकाे सुुरु गरेका दाहाल दम्पतीका तीन छोरी र एक छोरा हुन भने अहिले एक छोरी र छोरा दिंवगत भइसकेका छन।

त्यस्तै उनकि धर्मपत्नी सीता पनि लामाे समय देखि थलिएकि छन। छाेरा प्रकाशकाे निधनपछि झन उनकाे अवस्था झन जटिल बन्दै गएको छ। उनकाे स्वास्थ्यमा दुर्लभ राेग जसकाे नेपालमा उपचार सम्भव नभएको र विश्व चर्चित हस्पिटलमा उपचार भएपनि पुर्णरुपमा निर्मुल नहुने र केही राेकथाम मात्रै हुने उनकाे उपचारमा संलग्न चिकित्सकहरु भनेका छन।

उनलाई पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको राेग देखिएको लामाे समय भइसकेको छ। त्यसलाई चिकित्सक भाषामा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) भनिन्छ । उक्त राेग लागेपछि मानसिक असन्तुलनका साथै हिँड्न, श्वासप्रश्वास देखि मस्तिष्कको कोशिकासम्म असर गर्ने चिकित्सक बताउँछन्।

अहिलेसम्म उनकाे भारत, सिंगापुर र अमेरिकामा उपचार भइसकेको छ अहिले पनि उनी चिकित्सककाे निगरानीमै छन। उनलाई बेलाबेला जटिल अवस्था देखिने गरेको छ।

प्रकाशित मिति : २०७९ पुष ११ गते सोमवार