पुस ५ काठमाडौ – आफ्नै विद्यालयमा अध्यनरत छात्राहरु माथि अभद्र व्यवहार गरेको आराेपमा फरार रहेका प्रधानाध्यापक आफै प्रहरी समक्ष उपस्थित भएका छन।
काठमाडौ टोखा नगरपालिका वडा नं -१० सामाखुशी स्थित एउटा माध्यमिक विद्यालयका प्रधानाध्यापक खाेटाङकाे रावाबेशी गाउँपालिका -४ घरभई हाल काठमाडौकाे कागेश्वरी मनहरा नगरपालिका -७ बस्ने ५१ वर्षीय माधव प्रसाद भट्टराई आफै प्रहरी समक्ष उपस्थित भएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ।
उनी विरुद्ध विद्यालयमा अध्ययन गर्ने बालिकाहरुकाे ढाड छुने, मुसार्ने, ब्रा खोल्ने, यौन प्रास्ताव राख्ने लगायतका कृयालकालाप गर्ने गरेको लगायत उल्लेख गरी एकजनाले प्रहरी वृत्त महाराजगञ्जमा गत मंसिर १९ गते बालबालिका बिरुद्ध कसूर शीर्षकमा जाहेरी दिएपछि प्रहरीले तत्कालै अनुसन्धान कार्य गरिरहेकाे अवस्थामा फरार रहेका प्रधानाध्यापक भट्टराई आइतबार अपरान्ह ४ बजेतिर प्रहरी वृत्त महाराजगञ्जमा आफैं आएको परिसरले जनाएको छ।
उनी विरुद्ध बाल बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गतको कसूरमा काठमाण्डौ जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लिई प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ।