पुस ४ जाजरकोट – बैकिंङ्ग कसुर मुद्दामा फरार एक जना प्रतिवादी पक्राउ परेका छन।
पक्राउ पर्नेमा भेरी नगरपालिका वडा न.-४ बस्ने दिपक चन्द रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
चन्द विरुद्ध मन प्रसाद आचार्यको जाहेरी अनुसार बैकिंङ्ग कसुर सम्बन्धि मुद्दामा अनुसन्धानकाे क्रममा भागी फरार रहेका चन्दको विरुद्ध उच्च अदालत तुलसीपुर नेपालगंज ईजलाशबाट गत कात्तिक २७ गते पक्राउ आदेश जारी भई सकेपछि उनलाई ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेको पत्र अनुसार चन्दलाई खोजतलास गर्दै जाने क्रममा आइतबार जाजरकोट भेरी नगरपालिका-०४ स्थित बसपार्कमा फेला पारी पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।
पक्राउ पछि आवश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके पठाईएकाे प्रहरी नायव उपरीक्षक निरौलाले बताए।