मंसिर २९ स्याङ्जा – विद्यालयका सामानहरु चोरीमा संलग्न तथा चोरीका सामानहरू किनबेच गर्ने ७ जना पक्राउ परेका छन।
पक्राउ पर्ने मध्ये चाेरीमा संलग्न स्याङ्जा फेदिखोला गाउँपालिका वडा न.४ का २६ वर्षिय प्रेम विक,
साेहि ठाउँका २१ वर्षिय सुमन सुनार, पुतलीबजार नगरपालिका वडा न.४ का १९ वर्षिय समिर सुनार रहेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
त्यसैगरि उनिहरुले चाेरी गरेकाे सामानहरु सप्लाई गर्ने लमजुङकाे सुन्दरबजार नगरपालिका वडा न.११ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका ८ नागढुङ्गा बस्ने २९ वर्षिय राजु मजाकोटी रहेका छन भने चोरी भएका चिजवस्तु खरिद बिक्रिमा संलग्न लमजुङ सुन्दरबजार नगरपालिका वडा न.११ घर भई हाल कास्की पोखरा महानगरपालिका १० रामबजार स्थितमा भान्जा प्लेस्टेशन रिपियर सेन्टर संचालन गरी बस्ने २७ वर्षिय अमृत दुरा, कास्की पोखरा महानगरपालिका २८ घर भई साेहि महागगरकाे २६ कालिकाचोक स्थितमा MAP ईलेक्ट्रोनिक्स पसल संचालन गरी बस्ने २९ वर्षिय प्रविन नेपाली र कास्की पोखरा महानगरपालिका २१ घर भई साेहि महानगरकाे १७ बिरौटामा भाडामा लिई आयुज क्रियसन्स ट्रेडर्स पसल संचालन गरी बस्ने ३७ वर्षिय दिपेन्द्र पोख्रेल रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
उनिहरुले गत फागुन २२ गते रातीको समयमा स्याङजा फेदिखोला गाउँपालिका वडा न.४ टार्के स्थित रहेको श्री आरुखर्क आधारभुत विद्यालयबाट कम्प्यूटर सेट थान १, प्रिन्टर थान १, मल्टिप्लग थान १ चोरी गरेका थिए भने गत फागुन २४ गते रातीको सयममा स्याङजा फेदिखोला गाउँपालिका वडा न.४ आरुखर्क तल्लाचौर स्थितमा रहेको श्री राम्चेदेवी आधारभुत विद्यालयबाट प्रोजेक्टर थान १, DELL कम्पनीको कम्प्यूर सेट थान १, HP कम्पनीको प्रिन्टर मेशिन थान १, Brother कम्पनीको फोटोकपी मेशिन थान १, मल्टिप्लक थान ३ चाेरी गरेका थिए।
अहिले चोरी भएका सबै सामानहरू बरामद गरी उनिहरु विरुद्ध चोरी तथा डाँका कसुरमा मुद्धा दर्ता गरी स्याङ्जा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायव उपरीक्षक खनालले बताए।