मंसिर २७ काठमाडौ – जन्ती सवार रिजर्भ बस दुर्घटना हुदा १८ जनाकाे घटनास्थलमै मृत्यु भएको छ।
काभ्रेपलाञ्चोककाे बेथान्चोक गाउँपालिका -४ चलाल गणेशथानको सल्लाघारीमा बा ३ ख ४३८५ नम्बरकाे विवाहको रिभर्ज बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ।
अहिलेसम्म १८ जनाको शव फेला परेकाे र २५ जनाभन्दा घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जाेशीले बताए।
घाइतेहरुकाे शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मृतकहरुको अहिलेसम्म सनाखत भइनसकेको र उद्वारकाे काम जारी रहेकाले थप विवरण आउन बाँकि रहेको प्रहरी उपरीक्षक जाेशीले बताए।