मंसिर २६ जाजरकोट – जन्ती सवार जीप दुर्घटनामा परि ज्यान गुमाउनेकाे संख्या ११ पुगेको छ।
अहिले मृत्यु हुने २ जना मध्ये अमर अधिकारी छेडागाड नगरपालिका -५ र साेहि ठाउँकि मनिषा अधिकारीकाे मृत्यु भए संगै मृतकको संख्या ११ पुगेको हाे। अन्य मृत्यु हुनेमा जीप चालक मान बहादुर रावत-भगवती गाउँपालिका -२ दैलेख, बीर बहादुर खत्री -छेडागाड नगरपालिका -६ जाजरकोट, जयकूमारर बूढ़ा छेडागाड़ नगरपालिका -५, बीरेन्द्र केसी भगवती गाउँपालिका – ३ दैलेख, नैनसरा अधिकारी-छेडागाड़ – ५ जाजरकोट, अमर बहादुर खत्री-भगवती गाउँपालिका ३ दैलेख, राम बहादुर बूढ़ा -छेडागाड़ नगरपालिका ५ जाजरकोट, दीपक अधिकारी-छेडागाड़ नगरपालिका ५ जाजरकोट, देबिसरा बूढ़ा -छेडागाड़ नगरपालिका ५ जाजरकोट रहेकाे जिल्ला प्रहरी कार्यालय जाजकाेटले जनाएको छ।
दुर्घटनामा परि १ जना गम्भीर घाइते भएको र उनिलाई नेपालगन्ज रिफर गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।
छेडागाड नगरपालिका –४ खातिजेवामा बिबाहबाट फर्कने क्रममा जिपमा सवारमध्ये एक जना बिरामी भएर उपचारका लागि छेडागाड नगरपालिका–५ थलह आउँदै गर्दा कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको जिप दुर्घटना परेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए। जिप सडकबाट करिब २०० मिटर तल खसेको छ।