मंसिर १९ दाङ – नेकपा एमाले निकट कार्यकर्ताले सामुदायिक रेडियोमा ताेडफाेड गर्नुका साथै रेडियो कर्मचारी माथि दुर्ववहार गरेका छन।

दाङकाे बंगलाचुलीमा रहेकाे बंगलाचुली गाउँपालिकाद्वारा संचालित रेडियो बंगलाचुली ९१.७ मेगाहर्जमा साेमबार दिउसो करिब साढे एक बजेतिर ताेडफाेड गरेकाे रेडियो प्रशासनले जनाएको छ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य भेषराज खत्री लगाएत एमाले निकट करिब ५० जनाकाे समुहले रेडियो ताेडफाेड गरि रेडियो कर्मचारीहरु माथि लछारपछार गरेका हुन। घटनामा संलग्न रहेका एमाले निकछ धनेश्वर भण्डारी, पूर्णबहादुर थापा, जागेश्वर रावत, तिलक बिक, दिलबहादुर डाँगी, धनराज परियारकाे समुह रेडियो कार्यकक्षमै पुगि रेडियो कार्यालयको आन्तरिक कागजात च्यात्नुका साथै रेडियोको अति संवेदनशिल उपकरण भएको कक्षमा प्रवेश गरी तोडफोड गरेका हुन। उक्त घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ दाङ शाखा लगाएत विभिन्न पत्रका संगठनहरुले दाेषि उपर कारबाहीको माग गरिरहेका छन।

प्रकाशित मिति : २०७९ मङ्सिर १९ गते सोमवार