मंसिर ७ काठमाडौ – नेपाली कांग्रेसले अछाम -२ मा २३ वर्षपछि विजयी प्राप्त गरेको छ।
गत २०७४ काे प्रतिनिधि सभामा पराजित भएका कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह यसपटक सोही क्षेत्रबाट ६ हजार ८४० काे भारी मतान्तरले विजयी भएपछि २३ वर्षपछि विरासत जाेगिएकाे छ।
गठबन्धनकाे तर्फबाट उम्मेदवार बनेका शाहले २२ हजार ९५४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बोगटीले १६ हजार ११४ मत प्राप्त गरे ।
२०५६ मा नेपाली काँग्रेसको तर्फबाट रामबहादुर विष्ट विजयी भएका थिए त्यसपछि उक्त क्षेत्रमा कांग्रेस विजयी हुन सकेको थिएन ।