मंसिर ६ काठमाडौ – दुई प्रदेश सभा रहेको राेल्पामा प्रदेश ‘क’ मा अहिलेसम्म ६४९८ मत गणना गर्दा गठबन्धनका उम्मेदवार जाेख बहादुर महरा ४०८५ मतका साथ अग्र स्थानमा छन। त्यसैगरि सुर्यले १३६४, हलोले ४१६, तिरले ५७ मत लिएको छ। भने अहिलेसम्म ५७६ मत बदर भएको छ।

त्यस्तै प्रदेश ‘ख’ तर्फ ५९१० मत गणना हुदा माओवादी केन्द्रका बागी उम्मेदवार चुनाव चिन्ह धाराेबाट दिपेन्द्र कुमार पुन `सिजल´ले २४११ मत लिएर अग्र स्थानमा छन। गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले १६८९ मत लिएका छन। त्यस्तै सुर्यले १३५४, हलोले ८७, तिरले ६८ मत लिएका छन भने अहिलेसम्म ३०१ मत बदर भएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर ६ गते मङ्गलवार