कार्तिक १७ काठमाडौ – वैदेशिक राेजगारकाे लागि युरोपेली देश क्रोएसिया पुगेका एक जनाकाे सडक दुर्घटनामा परि मृत्यु भएको छ।

मृत्यु हुनेमा राेल्पाकाे लुङग्री गाउँपालिका –४  कुञ्जहरीका अन्दाजी ३५ वर्षिय तिलक भनिने टिकाराम घर्ती रहेका छन।

उनले घरमा पैसा पठाउनका लागि बैंक जानेक्रममा बुधबार बेलुका त्यहाँको स्थानीय समय बेलुकाकाे ५:१५ मिनेटमा रेलले ठक्कर दिएपछि मृत्यु भएको बताइएको छ। अहिले उनकाे शव नेपाल ल्याउनका लागि त्यहाँको प्रहरीले आवश्यक प्रक्रिया गरिरहेकाे र त्यसका लागि समन्वय गैरआवसीय नेपाली संघ (एनआरएनए) ले गरिरहेकाे माेरङ विराटनगरका सुवास घिमिरेले जनसहारासंग बताए।

मृतक घर्ती गत २ महिना देखि क्रोएसियामा काम गर्दै आएकाे खुलेको छ। घटनाबारे उनकाे परिवारलाई पनि आफुले सम्पर्क गरिसकेको हुदा परिवारले जसरी पनि नेपालमा शव ल्याइदिन माग गरेकाे घिमिरेले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार