कार्तिक १५ सल्यान – बाँकेबाट सल्यान लिएर बलात्कार पछि कुटपिट गरि हत्या प्रयास गरेको आराेपमा एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा सल्यानकाे बन्गाड कुपिन्डे नगरपालिका -३ बामेका २० वर्षीय रेवन्त बुढा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
पक्राउ परेका बुढाले बाँकेकी एक १८ वर्षीया किशोरीलाई बिहेकाे प्रलोभन देखाएर सल्यान ल्याएर मध्यरातमा जङ्गलमा लिई बलात्कार गरेर कुटपिट गरेपछि अचेत बनेकि ती किशोरी मरेकाे साेचेर त्यहाँबाट फरार रहेको खुलेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक दामोदर केसीले बताए।
ती युवती र पक्राउ परेका बुढा बिच करिब तीन महिना अघि सामाजिक सञ्जाल फेसबुकबाट चिनजान भई कुराकानी सुरु भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।
त्यसपछि सामान्य कुराकानीबाट प्रेमप्रेमिका बनेका उनिहरु बिच विवाह गर्ने सम्मकाे कुराकानी भएपछि
गत शनिबार पक्राउ परेका बुढा ती किशोरीलाई भेट गर्न बाँके पुगेपछि त्यहीँ बेला नै बिहे गर्न भन्दै बुढाले किशोरीलाई आफू संगै सल्यान ल्याएको खुलेको हाे।
बुढाकाे घर आउने क्रममै शनिबार राति करिब ११ बजेतिर बन्गाड कुपिन्डे नगरपालिका-१ मा पर्ने माल्पे जंगलमा बलात्कारपछि मरनासन्न हुनेगरी कुटपिट गरेपछि किशोरी बेहास भएपछि उनले किशोरी मरेको ठानेर फरार हुने मनसायले घटनास्थलबाट बन्गाड कुपिन्डे नगरपालिका -१ सल्लीबजार गई काठमाडौका लागि बसकाे टिकट समेत काटिसकेकाे अवस्थामा आइतबार दिउँसो पक्राउ गरेकाे प्रहरी नायव उपरीक्षक केसीले बताए।
उनको कुटपिटबाट किशोरीको अनुहार लगायत शरिरका विभिन्न भागमा निलडाम र चाेटका खत समेत रहेकाे छ। आइतबार बिहान किशोरीकाे होस खुलेपछि घटनास्थल देखि केही तल रहेको एक घरमा पुगेर घटनाबारे एक महिलासंग सबै बताउदै गुहार मागेपछि ती महिलाले किशोरीकाे परिवारलाई फाेन मार्फत जानकारी गराए संगै प्रहरीलाई सुचना आएपछि प्रहरी पुगेर उनको उद्धार गरि उपचारका लागि अस्पताल पठाइए संगै घटनाको थाहा पाएका पिडित किशोरीकाे परिवार सोमबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएर बुढा विरूद्ध बलात्कार र ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि मुद्दा दर्ता गरि साेमबार जिल्ला अदालत सल्यानबाट ५ दिनकाे म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताए।