कार्तिक ८ जाजरकोट — बनभाेज गएकाे बेला एक जना भेरी नदीमा डुब्दा मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।

मंगलबार सदरमुकाम खलंगा नजिकै रहेको भरीकाे मटेलास्थित भेरी नदीमम पौडी खेल्न गएका भेरी नगरपालिका -४ गैरीखालीका रोशन खड्काकाे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

राेशनकाे शव घटनास्थल देखि करिब २ किलोमिटर तल लामीतरामा फेला परेको हाे । त्यस्तैगरि उनी संगै पौडी खेल्न गएका साेहि ठाउँका वीरेन्द्र शाही र भेरी नगरपालिका -३ थाप्लेका विक्रान्त केसी पनि डुबेपछि वीरेन्द्रलाई अन्य साथीहरुले तत्कालै उद्धार गरे पनि विक्रान्त अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष निरौलाले बताए।

स्थानीय रुपमा आयोजना गरिएको फुटबल प्रतियोगितामा उपविजेता भइ पुरस्कार बापत प्राप्त खसी लिएर खेलाडीकाे समुह उक्त ठाउँ बनभाेज खान गएको खुलेको र बेपत्ता केसीको खाेजतलास भइरहेको प्रहरी नायव उपरीक्षक निरौलाले बताए।

प्रकाशित मिति : २०७९ कार्तिक ८ गते मङ्गलवार