असोज २३, सल्यान – सल्यान कांग्रेसमा बिद्रोह भएको छ । गठबन्धन बिरुद्ध कांग्रेसका नेताहरुले स्वतन्त्र उम्मेद्बारी दर्ता गराएका छ्न ।

पुर्व शिक्षा राज्य मन्त्री राजेन्द्र बहादुर शाहले प्रतिनिधि सभा र कर्णाली प्रदेश कार्यसमितिका सह-महामन्त्री एकराज डाँगीले प्रदेश सभा (क) सदस्यका लागि उम्मेद्बारी दर्ता गराएका हुन ।

शाह र डाँगी २०७४ को निर्वाचनमा समेत उम्मेद्बार बनेका थिए ।

गठबन्धनले प्रतिनिधि सभामा नेकपा एकीकृत समाजबादिका नेता प्रकाश ज्वाला, प्रदेश सभा सदस्य निर्वाचन (क) मा माओवादी केन्द्रका भिमप्रकाश शर्मा र (ख) मा कांग्रेसका सुरेश अधिकारीलाई उम्मेद्बार बनाएको छ ।

आफुहरुलाई पार्टीले अन्याय गरेको भन्दै गठबन्धन बिरुद्ध उम्मेद्बारी दर्ता गराएको राजेन्द्र बहादुर शाहले बताएका छन । शाहले नेपाली कांग्रेसको सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको फेसबुक स्टाट्स मार्फत घोषणा गरेका छन ।

प्रकाशित मिति : २०७९ असोज २३ गते आइतवार