असाेज २० बारा – बस दुर्घटनामा परि १६ जनाकाे मृत्यु भएको छ। भने कम्तीमा ३० जना भन्दा बढी घाइते भएका छन। मृत्यु भएका मध्य ९ जनाकाे मात्रै सनाखत खुलेको छ।

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा ०६–००१ ०११० नम्बरको बस जितपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगन्जमा सडकबाट करिब सय मिटर तल खसेर दुर्घटनामा परेकाे हाे।

दुर्घटनामा परि मृत्युु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका–१६ की मुन्नीदेवी चौरसिया, साेहि ठाउँका सकेमप्रसाद चौरसिया, हेटौंडा उपमहानगरपालिका–७ की ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, सोही स्थानकी २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया–१० का नगरीन खातुन, बाराको अमलेखगन्जका सुरेश विक, बाराको कलैयाका इन्ताज अन्सारी, ओखलढुंगाका ४५ वर्षीय लालबहादुर बोगटी, गोर्खाकी अम्बिका काडेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

बसमा करिब ५० जना बढि यात्रु सवार रहेकाे हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेपनि एकिन भएको छैन। ४ जनाकाे घटनास्थलमै मृत्यु भएको र १२ जनाकाे हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक हाेबिन्द्र बाेगटीले बताए।

घाइतेहरु धैरै संख्यामा रहेकाेमा कतिपयकाे अवस्था गम्भीर रहेकाले मृत्युको संख्या बढन सक्ने र चिप्लो सडकमा बस तिव्र गतिमा रहेकाे बेला घुम्तीमा काटदै गर्दा चिप्लिएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको प्रहरी उपरीक्षक बाेगटीले बताए।

प्रकाशित मिति : २०७९ असोज २० गते बिहिवार