असाेज १६ धादिङ – प्रहरी महिला माथि जबर्जस्ती करणी गरेको आराेपमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन।

पक्राउ पर्नेमा धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

ढुंगानाले केही समय अघि देखि आफ्नाे अंगरक्षककाे रुपमा साेहि प्रहरी कार्यालयमा कार्यरत महिला प्रहरीलाई शनिबार बिहान सवा एक बजेतिर उनकाे काेठामै पुगेर दुर्ववहार गरि जबर्जस्ती करणी गरेको आराेप रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्याम बहादुर खत्रीले बताए।

ती पिडित भनिएकि महिला प्रहरीले आइतबार बिहान सात बजे जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएपछि प्रहरी निरीक्षक ढुंगानालाई जिल्लामा पेश बोलाए लगत्तै अनुसन्धानका लागी प्रहरीले हिरासतमा राखेर अनुसन्धान गरिरहेकाे प्रहरी नायव उपरीक्षक खत्रीले बताए।

प्रकाशित मिति : २०७९ असोज १६ गते आइतवार