असाेज १४ दाङ – जबरजस्ती करणी गरेको आराेपमा एक जना पक्राउ परेका छन।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
पक्राउ परेका नेपालीले स्थानीय एक २९ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको सुचनाकाे आधारमा अस्थायी प्रहरी पोष्ट दलजितपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले बताए।
उनी माथि जबर्जस्ती करणी कसुरमा आवश्यक थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गौतमले बताए।