असाेज १३ बाजुरा – पुजा गर्ने समयमा मन्दिर पसेको भन्दै एकजना दलितमाथि जनप्रतिनिधिबाट नै कुटपिट भएको छ।

हाल कञ्चनपुर बस्दै आएका बाजुराको बुढिगंगा नगरपालिका वडा नम्बर -५ नुवाघरका टेकेन्द्र सुनारमाथि कुटपिट भएको घटना बाहिरिएको हाे।

मंगलबार दशै नवरात्री बस्न भन्दै नाट्यश्वरी मन्दिरमा पुगेका सुनारलाई साेहि मन्दिरका पुजारु रङग उपाध्याय, त्रिवेणी नगरपालिका वडा नम्बर -७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडी लगाएतका ३/४ जनाले कुटपिट गरेकाे पिडित सुनारले प्रहरी समक्ष बताएका छन

उनिहरुले पुजा गरिरहेको ठाउँमा दलित आउन मिल्दैन भन्दै डुम भनेर कुटपिट गरेपछि सुनारले पुजारु उपाध्याय र वडा अध्यक्ष अयडी विरुद्ध प्रहरी समक्ष किटानी जाहेरी दिएपछि प्रहरी वडा अध्यक्षलाई पक्राउ गरिसकेको र अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी सुर्य थापाले बताए ।

कुटपिटबाट घाइते भएका सुनारकाे उपचारका लागि पठाइएको र फरार भएकाहरुकाे खाेजिकार्य भइरहेकाे डिएसपी थापाले बताए । कुटपिट गर्ने वडा अध्यक्ष अयडी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। उनी नेपाली कांग्रेस जिल्ला कार्यसमिति बाजुराकाे सदस्य समेत हुन।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार