असोज १३, सल्यान –  सल्यान बागचौरमा नेकपा माओवादी केन्द्रले शुभकामना आदान प्रदान कार्यक्रम सम्पन गरेको छ ।
दशै, तिहार र छठ पर्वको अवसरमा विहिबार विहान भएको कार्यक्रममा विभिन्न व्यक्तिहरूले शुभकामना प्रदान गरेका छन ।
कार्यक्रमका प्रमुख अतिथी रहेका नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य तथा जिल्ला संयोजक कृति बहादुर पुनले शुभकामना कार्यक्रमको बहानामा राजनीतिक भेटघाट कार्यक्रम गरिएको खुशी व्यक्त गरेका छन ।
उनले प्रतिगमनको खतरा रोक्न गठबन्धन आवश्यकता रहेको भन्दै परिस्थिति अनुसार गठबन्धन गरिएको र गठबन्धनले २ तिहाइ पाउने बताए । उनले सल्यानका ३ सिटमा ३ पार्टीलाई १/१ हुने र आफ्नो उम्मेदवार जिताउलाई पनि एकले अर्कोलाई भोट हाल्नुपर्ने धारणा राखे । संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रतिगमन भएकाले आफू एमालेलाई छाडेर काग्रेशलाई साथमा लिएको बताए ।
नेपाली काग्रेशका नेता तथा पुर्वशिक्षा राज्यमन्त्री राजेन्द्र बहादुर शाहले कुनैपनि पर्वले मित्रवत व्यवहार बनाउदै सम्बन्धमा सहजता ल्याउने भएकाले वास्तविक शुभेच्छा प्रकट गर्दा मात्रै शुभकामनाको सार्थकता हुने बताए ।
उनले बागचौर नगरपालिकाले सल्यानको राजनीतिमा योगदान पुर्याएको भन्दै भोलीका दिनमा पनि यो कायम रहनुपर्ने धारणा राखे ।
नेता शाहले कसैले कसैलाई सानो बनाउन सक्दैन आफुले आफैलाई बनाउनुपर्ने भन्दै सबैसंग भएका खराव कुरा लोभ, पाप, स्वार्थ पुर्वाग्रहको मात्रा कम गरे अरूको नजरमा ठिकठिकै हुने बताए ।कार्यक्रममा जिल्ला समन्वय प्रमुख बेलाराम रावल, नगर प्रमुख जनकराज गौतम, उप-प्रमुख सुम्निमा डि.सी.वली, निवर्तमान नगर प्रमुख लोकमान बुढाथोकी, उप-प्रमुख कल्पना पुन, नेकपा एमाले नगर समिति अध्यक्ष घनस्याम शर्मा, नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् सदस्य ज्ञानेश्वर के.सी, राप्रपाका नेता टोप बहादुर के.सी., नेकपा माओवादी केन्द्र प्रदेश सदस्य एवम् वडा नं. ६ का वडाध्यक्ष ज्ञान बहादुर वली, बागचौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अन्नत कुमार गौतम लगायतका अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै पार्टीका बागचौर नगर ईन्चार्ज तथा प्रदेश कमिटी सदस्य टिकाराम वलीको शुभकामना मन्तव्यबाट शुरू भएको कार्यक्रमको संचालन सचिव दिपक वलीले गरेका थिए भने अध्यक्षता शोभाराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७९ असोज १३ गते बिहिवार