मंसिर २ संखुवासभा — गस्तीमा रहेकाे प्रहरी टाेली र प्रतिबन्धित विप्लव समूह बिच संखुवासभाको चैनपुर नगरपालिकाेे मैदानेमा सोमबार बिहान ११ बजेतिर दाेहाेराे फायरिङ भएको छ । गस्तीमा रहेको प्रहरी टोलीलाई चन्द समूहका कार्यकर्ताले धराप थापेर फायरिङ गरेपछि प्रहरीले आफ्नो सुरक्षाकाे लागि जवाफ स्वरुप फायरिङ गरे लगत्तै दाेहाेराेे नै सुरु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले बताएको छ । प्रहरीले आठ राउन्ड फायर गरेकाे जनाएको छ। केही समय चलेकाे गाेलि हानाहानबाट दुवै पक्ष कसैलाई केही नभएको प्रहरीको भनाइ छ।
अहिले त्यस क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । घटनास्थल मैदानेमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाकर्मी खटाइएको हो ।
सशस्त्र प्रहरी अरुण गुल्म चैनपुर र इलाका प्रहरी कार्यालय चैनपुरबाट थप सुरक्षाकर्मीको टोली घटनास्थल पुगेको छ । सुरक्षाकर्मी परिचालन गरेर चन्द कार्यकर्ताको खोजी तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए ।