असाेज ११ रोल्पा – भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन।

पक्राउ पर्नेमा त्रिवेणी गाउँपालिका-२ धनबाङ बस्ने २८ वर्षीय बिक्रम कुमार बोहोरा रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

उनलाई साेमबार साेहि गाउँपालिका -१ घाेगेबाट १ थान भरूवा बन्दुक र २ थान छर्रा सहित ईलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले बन्दुक बोकी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।

प्रकाशित मिति : २०७९ असोज ११ गते मङ्गलवार