असाेज ९ बर्दिया – कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना १७ वर्षपछि पक्राउ परेका छन।

पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

कर्तव्य ज्यान सम्बन्धि कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई आइतबार बिहान
ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता प्रहरी नायव उपरीक्षक हिक्मत बाेहराले बताए।

प्रकाशित मिति : २०७९ असोज ९ गते आइतवार