असाेज ५ काठमाडौ – विवादास्पद नागरिकता विधेयक संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाइएकाेमा मंगलबार बेलुकी राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेपछि देशभर राष्ट्रपतिकाे समर्थन र आलोचना चर्काे रुपमा भइरहेको छ।

यसै सन्दर्भमा उपराष्ट्रपति नन्दबहादुर पुनले पनि आफ्नाे धारणा सहितको एक वक्तव्य मार्फत संविधानकाे पालना गर्नु सबै व्यक्तिको कर्तव्य भएकाे र भर्खरै असाेज ३ गते संविधान दिवसको अवसरमा संविधानकाे संरक्षण र पालना गर्न प्रतिबद्धता दाेहाेर्याएकाे स्मरण गराउदै संविधान बमोजिम सबैले आ–आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्ने बताएका छन।

संविधानको पालना र संरक्षण माथि पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेतता पूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी वृहत् जनआवाज उठनु दुःखद रहेकाे उल्लेख गर्दै संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको समेत उपराष्टपति पुनले वक्तव्य मार्फत भनेका छन।

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार