असाेज ४ जाजरकोट – बम बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्दामा फरार रहेका एक जना अढाई वर्षपछि पक्राउ परेका छन।

पक्राउ पर्नेमा बारेकोट गाउँपालिका वडा नं. -४ बस्ने २६ वर्षिय ध्रविन्द्र विक रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

पक्राउ परेका विक २०७६।०८।३० गते बिष्फोटक पदार्थ सम्वन्धी कसुर मुद्दामा फरार भएपछि २०७६।०९।१३ गते पक्राउ पुर्जी जारी भएपछि फरार नै रहेका विक आफै चालचलन बुझि पाउँ भनि निवेदन साथ मंगलबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनी संलग्न रहेकाे घटना विवरण तथ्यांक अनुसार उनी फरार सुचीमा रहेको पाइएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले बताए।

पक्राउ पछि उनलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत जाजरकोटमा उपस्थित गराईएकोमा समय अभावका कारण बयान कार्य हुन नसकेको हुँदा अहिले जिल्ला प्रहरी कार्यालयमा नै राखिएको प्रहरी निरीक्षक पन्तले बताए।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार