असाेज ४ कास्की – बैंककाे एटीएम मेसिन फुटाउदै गरेकोमा अवस्थामा ३ जना पक्राउ परेका छन।

साेमबार पोखरा महानगरपालिका वडा नं.-९ नयाँबजार स्थितमा रहेको कृषि विकास बैकको ATM मेशिनमा फोरी नगद रुपैयाँ चोरी हुँदै गरेको भन्ने सूचना प्राप्त पश्चात् तत्काल वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टाेलिले पोखरा महानगरपालिका वडा नं.१६ बस्ने २२ वर्षिय सन्दिप बस्नेतलाई घटनास्थलबाटै र साेहि ठाउँ बस्ने १९ वर्षिय अनिस राना मगरलाई भाग्दै गरेको अवस्थामा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले बताए।

त्यसैगरी पोखरा महानगरपालिका-६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको हाे।

एक जना पुरुषले एटिएम फुटाइरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा १ थान खुकुरी सहित फेला पारी पक्राउ गरेको र पक्राउ परेका तीन जना विरुद्ध जिल्ला अदालत कास्कीबाट चोरी उद्योग मुद्दामा ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक केसीले बताए।

पाेखरामा यस्ता घटना श्रृङखलावद्व रुपमा हुदै आएका छन।

प्रकाशित मिति : २०७९ असोज ४ गते मङ्गलवार