भदौ ३१ काठमाडौ – साफ महिला च्याम्पियनसिपमा नेपालले भारत माथि ऐतिहासिक जित निकालेको छ ।

घरेलु मैदान दशरथ रंगशालामा शुक्रबार साँझ भएको सेमिफाइनलमा नेपालले भारतलाई १-० गोलले हराएपछि नेपालले भारत विरुद्ध ऐतिहासिक जित हात पारेकाे हाे। नेपालको जितमा रश्मिकुमारी घिसिङले निर्णायक गोल गरेपछि नेपालले भारत विरुद्ध ऐतिहासिक जित हात पार्न सफल भएको छ।

तर नेपालले यो खेलमा स्टार स्ट्राइकर सावित्रा भण्डारी बिरामी भएका भएका कारण उनि बिना नै मैदानमा उत्रिएको नेपाली टाेलीले उनकाे स्थानमा प्रिती राईलाई लिएको थियाे।

यसअघि सम्पन्न पाँच वटा संस्करण मध्ये चार वटामा फाइनलसम्म पुगेकाे नेपाललाई भारतले हराउदै आएको थियाे भने पाँचौ संस्करणमा नेपाल भारतसँग पराजित भएर सेमिफाइनलबाट बाहिरिएको थियो।

खेलको  सुरुवातमा भारतले नेपाललाई दबाब पुर्ण प्रदर्शन देखाए पनि पहिलो हाफको इन्जुरी समय सुरु भएको पहिलो मिनेटमा रश्मी घिसिङले डी-बक्स भित्रबाट दोस्रो बार च्याप्दै गोल गरेपछि मैदानको आफ्नै भागबाट आएको लङ पासमा उत्कृष्ट ड्रिबलिङ गर्दै प्रिति राईले रश्मीलाई पास दिएकि हुन। दोस्रो हाफको सुरुवातमै भारतीय गोलरक्षकले लगातार उत्कृष्ट बचाउ गरेपछि निराश देखिएकाे नेपाली टाेलीले ५० औँ मिनेटमा अनिता जैँसीको उत्कृष्ट हेडरलाई भारतीय गोलरक्षकले गोल  लाइनबाट जम्प गर्दै क्लियर गरिदिए लगत्तै रश्मि घिसिङको प्रहारलाई पनि भारतीय गोलरक्षकले विफल बनाएकी थिइन् । ६५ औँ मिनेटमा प्रिति राईले डी-बक्सबाट गरेको प्रहार साइड बारको नजिकैबाट बाहिरिएको हाे ।

८३ औँ मिनेटमा नेपालकी कप्तान गोलरक्षक एन्जिला तुम्बाहाम्पो लिम्बुले भारत विरुद्धको जाेखिम टार्न सफल भएपछि नेपालले ऐतिहासिक सफलता रचेकाे हाे। अब उपाधिका लागि नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ।

साफ महिला च्याम्पियनसिपमा सर्वाधिक सफल टिम भारत हो। किनभने भारतीय टिमले अहिलेसम्म भएका पाँच संस्करण जितेको छ। चार पटक फाइनलमा पुगेको नेपाल दोस्रो सर्वाधिक सफल टिम हो। बंगलादेश र श्रीलंका हालसम्म तीन–तीन पटक सेमिफाइनलमा पुगेका छन्। माल्दिभ्सले एक पटक अन्तिम चारमा स्थान बनाएको छ।

प्रकाशित मिति : २०७९ भाद्र ३१ गते शुक्रवार