भदौ ३० सल्यान – नक्कली शैक्षिक प्रमाणपत्र पेस गरि जागिर खाएको भन्दै अख्तियार अनुसन्धान आयाेगले मुद्दा दायर गरेकाे छ।
दार्मा गाउँपालिका वडा -३ का विष्णु राेकायले नक्कली मार्कसिटहरु पेस गरेर दार्मा गाउँपालिकामा अढाई वर्ष करार सेवामा सब-इन्जिनियर पदमा नियुक्त भएर जागिर खाई सरकारी रकम दुरुपयोग भएको ठहर गर्दै मुद्दा दायर गरेको आयाेगले जनाएको छ।
रोकायले राष्ट्र सेवककाे ओहदामा बहाल रहि आफुलाई लाभ र सुविधा पाउने उदेश्यले आफू नियुक्तका बेला आफ्ना शैक्षिक याेग्यताका प्रमाणपत्रहरु Diploma in Civil Engineering को शैक्षिक प्रमाणपत्र (Academic Transcript) पाल्पा इन्जिनियरिङ कलेज तानसेन पाल्पाबाट जारी भएको भनी नक्कली प्रमाणपत्र बनाई पेश गरेकाे भन्ने सुचनाका आधारमा अनुसन्धान गर्दा नक्कली शैक्षिक याेग्यताका प्रमाणपत्र पेस गरेको देखिएपछि मुद्दा दायर गरिएको आयाेगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए।
रोकाय विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम समेतको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ एवं भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ बमोजिम बुधबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता भण्डारीले बताए।