भदौ २८ राेल्पा – लागुऔषध चरेश मुद्दामा फरार रहेका एकजना प्रतिवादी २ वर्षपछि पक्राउ परेका छन।
पक्राउ पर्नेमा थवाङ गाउँपालिका वडा नं. -२ घर भई हाल दाङको घोराही उपमहानगरपालिका वडा नं. -१४ पुरानो बसपार्क बस्ने ४० वर्षिय किशोर बुढामगर रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
बुढा मगर विरुद्ध रोल्पा जिल्ला अदालतले २०७६ फागुन २९ गते लागुऔषध चरेश ओसार पसार मुद्दामा १ वर्ष ६ महिना कैद र रू १५ हजार जरिवाना सजाए फैसला गरेपछि फरार भएपछि उनलाई साेमबार गोप्य सुचनाको आधारमा थबाङमा रहेकाे उनकै घरमा लुकिछिपि बसेकाे अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले बताए।
पक्राउ पछि अदालतमा उपस्थित गराई कैद भुक्तानको लागि जिल्ला कारागार कार्यालयमा पठाइएको प्रहरी निरीक्षक भुसालले बताए।