भदौ २७ क्वालालम्पुर – एक नेपाली नागरिक मलेसियामा मृत्यु दण्ड (फाँसी)काे सजायबाट जाेगिएका छन।
नेपालकाे धनुषा जिल्ला साविक गाेविन्दपुर गाविस वडा नं. -२ घर भएका सरज देव शाह तेली मलेसियामा मृत्यु दण्डबाट जाेगिएर १२ वर्ष जेल सजाय भुक्तान गरेपछि नेपाल फर्कन पाउने भएको मलेसिया स्थित नेपाली राजदुतावासले जनाएको छ।
अभियुक्त सुरज विरुद्ध कर्तव्य ज्यान अभियाेगमा सन २०१६ मा पक्राउ परेपछि उनी विरुद्ध मलेसियाकाे इपाे राज्यमा रहेकाे उच्च अदालतले सन २०२० अगष्टमा फौजदारी संहिताकाे दफा ३०२ बमोजिम मृत्यु दण्डकाे फैसला गरेकाे थियाे।
उक्त फैसला र सजाय विरुद्धमा गरिएको पुनरावेदनले अभियुक्त सुरजकाे मृत्यु दण्ड सजाय परिवर्तन गरिदिएपछि सुरजले जेल भुक्तान गरेर नेपाल फर्कन पाउने भएका हुन।
उच्च अदालतकाे फैसला र सजाय विरुद्ध मलेसियाकाे पुत्राजायमा रहेकाे पुनरावेदन अदालतले २०२२ सेप्टेम्बर ८ गत बिहिबार सुरज विरुद्धको कसुरलाई मलेसियन फौजदारी संहिताकाे दफा ३०२ बाट परिवर्तन गरि ३०४ (क) मा लिएर १२ वर्ष जेल सजाय ताेकिदिएकाे हाे।
अब साेहि पुनरावेदन अनुसार १२ वर्ष जेल भुक्तान गरिसके पछि सुरज सकुशल नेपाल फर्कने छन।